असार ३, २०७९ शुक्रबार

माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै  माछापुच्छ्रे स्मार्ट मुद्धती खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता अन्र्तगत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् । 

माछापुच्छ्रे स्मार्ट मुद्धती खाता न्यूनतम रु. ५०,००० मा नै खोल्न सकिनेछ ।  साथै बैंकले यस खातामा साँवा रकमको ९०५ सम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । इच्छुक ग्राहकहरूले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नेछन् । 

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

62ac14bb6f749.PNG