असार ३, २०७९ शुक्रबार

काठमाण्डौ- एसीसी महिला टी–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अहिले भुटानसँग खेलिरहेको छ । टस जितेर ब्याटिङ गरिरहेको नेपालले खराब सुरुवात गरेको छ।

नेपाल आज भुटानलाई हराउँदै च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ । च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई भुटान सहज प्रतिद्वन्द्वी हो । च्याम्पियनसिपमा १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह 'बी' मा हङकङ, कुवेत, भुटान र बहराइन छन् । यस्तै समूह 'ए' मा मलेसिया, यूएई, ओमान, कतार र सिङ्गापुर छन् । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोली महिला टी–२० एसिया कप क्रिकेटमा छनोट हुनेछन् ।