काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन १२ अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने सात दशमलव ५७ अंकले घटेर १९ सय ७१ दशमलव ३६ अंकमका पुुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६९ अंकले घटेर तीन सय ८१ दशमलव १४ अंकमा झरेको छ ।
नेप्सेमा आज दुई सय २० कम्पनीको १५ हजार एक सय ६२ पटकको कारोबारमा २३ लाख ५४ हजार नौ सय ११ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसअनुसार कुल कारोबार रकम ७३ करोड ६२ लाख ३५ हजार दुई सय ९८ रुपैयाँ पुगेको छ ।
आज १३ समूहको कारोबार भएकामा सामूहिक लगानी कोष समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव आठ अंकले घटेर १३ सय ६९ दशमलव १३ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक १४ दशमलव २१ अंकले घटेर तीन हजार तीन सय ९४ दशमलव ८७ अंकमा कायम रहेको छ ।
जलविद्युत् समूहको सूचक १८ दशमलव ६९ अंकले घटेर २२ सय ७३ दशमलव ८६ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक १८ दशमलव ५८ अंकले घटेर आठ हजार ४७ दशमलव २५ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि चार दशमलव नौ अंकले घटेर नौ हजार दुई सय ६५ दशमलव ६० अंकमा झरेको छ । यस्तै फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।