असार ३, २०७९ शुक्रबार

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन् । 

रुस सरकारको औपचारिक निमन्त्रणामा रुस भ्रमणमा गएका मन्त्री अथक शुक्रवार बिहान स्वदेश फर्किएका हुन् । 

स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । रुससँगको ६६ वर्ष लामो कूटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास व्यक्त गरे । 

भ्रमणका बेला रुसका समकक्षीसँग दुई देशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको मन्त्री अथकले बताए ।