असार ४, २०७९ शनिबार

काठमाडौँ – एसीसी महिला टी–२० च्याम्पियनसिपअन्तर्गत आज नेपाल कुवेतसँग भिड्दैछ।

मलेसियाको क्वालालम्पुरस्थित किन्रारा मैदानमा यी दुई देशबीचको खेल आज दिउँसो पौने १ बजे सुरु हुनेछ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । यसअघि शुक्रबार भएको खेलमा नेपालले भूटानलाई ५० रनले पराजित गरेको थियो।

समूह बी मा रहेको नेपाल दुई अंकसहित शीर्षस्थानमा छ। अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

नेपालकै समूहमा रहेका बहराइन र कुवेतले एक(एक अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छन्। कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।

भूटानले पहिलो खेल हारेको छ भने हङकङले खेल्न बाँकी छ। च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ ।