असार ६, २०७९ सोमबार

इन्डिगोको विमानमा चरा ठोकिएको छ । आइतबार गुवाहाटीबाट दिल्लीका लागि उडेको उडेको केही मिनेटमै चरा ठोकिएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएको थियो । अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो ।

‘गुवाहाटीबाट दिल्लीका लागि उडेको  इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ ।