सोमबार दिउँसो प्राविधिक समस्याका कारण भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको छ।
केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ।
तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्।