असार ७, २०७९ मंगलबार

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी २० च्याम्पियनसिपअन्तर्गत मंगलबार समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दै छ । 

मलेसियामा हुने खेल दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल खेल्दै गर्दा नेपाल जित यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । 


समूह ‘बी’ मा रहेको नेपालले सोमबार तेस्रो खेलमा बहराइनलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको थियो ।


यसअघि नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा कुवेतलाई हराएको थियो । नेपालको तीन खेलमा ६ अंक छ । हङकङलाई हराएमा नेपाल समूह बी को विजेता बन्ने छ । 


प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछ । समूह ए मा युएई, ओमान,कतार र सिंगापुर रहेका छन् । प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछ ।