असार ७, २०७९ मंगलबार

आज सुन-चाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो। 

यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि चाँदीको मूल्यमा भने स्थिरता कामय छ। 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।