असार ७, २०७९ मंगलबार

एसीसी महिला टी ट्वान्टी च्याम्पियनसिपमा नेपालले हङकङलाई ११० रनको लक्ष्य दिएको छ ।​ मलेसियाको किनरा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३१ रनको योगदान गरिन् । त्यस्तै इन्दु बर्माले २३ रन बनाउँदा अप्सरी बेगमले १९ रन जोडिन् ।​ बलिङतर्फ हङबङका लागि बेटे सनले दुई विकेट लिइन् । त्यस्तै मारियान विवि र इल्से हुबार्डले एक–एक विकेट लिइन् ।

आजको खेलमा जित निकाल्दै नेपाल अपराजित हुँदै सेमिफाइनलमा पुग्ने योजनामा छ । यसअघि लगातार ३ खेल जित्दै नेपाल सेमिफाइनलमा पुगिसकेको थियो ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालको ३ खेलबाट ६ अंक छ ।