लखनउ : अयोध्याको पवित्रस्थल मानिने 'राम की पैडी'मा एक दम्पत्तीले नुहाउने क्रममा एकअर्कालाई चुम्बन गरेको भन्दै विरोध भएको छ ।
पानीभित्रै चुम्बन गरिरहेका ती दम्पत्तीलाई श्रद्दालुहरूले पानीबाट निकालेर कुटपिट गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
मंगलबार योग दिवसका अवसरमा अयोध्यामा एक भव्य कार्यक्रम आयोजना गरिएको थियो।
सार्वजनिक स्थलमा चुम्बन गर्न नहुने र आसपास परिवारसहित श्रद्धालुहरू सहभागी भएको भन्दै त्यहाँ उपस्थितहरूले आपत्ति जनाएका थिए ।