असार ९, २०७९ बिहिबार

महेश सिंह सिरहा लहान ९ असार- सिरहाको लहान नगरपालिका ग्रामीण चौक स्थित रहेको ईलाका प्रशासन कार्यालय प्रमुखलाई राष्ट्रिय कृषक समुह महासंघ नेपालले किसानहरुलाई समयमा सहुलियत र सहज रुपमा मल ,खाद बिउ,समयमै उपलब्ध गराउनको लागी ज्ञापन बुझाएका छन्।

महासंघले किसानका हक अधिकारको लागी सदैब आवाज उठाउदै आएका छन्। बिपतका समयमा विभिन्न जिल्लाका गरिब दलित सीमान्तकृत समुदायमा पटक पटक राहत सामग्री वितरण गरिएका कृषक समुहका जिल्ला कार्य समिति   सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारले जनाए।

किसानहरुलाई समयमा मल खाद्य उपलब्ध गराएन भने किसानहरु देश ब्यापी रूपमा आन्दोलनको कार्यक्रम अगाडि बढाउने राष्ट्रिय कृषक समुह महासंघ नेपालले स्थानीय सरकार र सरोकार बलाहरुलाई चेतावनी समेत दिएका हुन्।

बुधबार लहान स्थित रहेको ईलाका प्रशासन कार्यालय र खाद्य संस्थानमा ज्ञापन पत्र बुझाएको कार्यक्रम संयोजक दिलिप कुमार साहले बताए।