असार ९, २०७९ बिहिबार

काठमाडौँ — इम्बोस्ड नम्बर प्लेटको डिजाइन त्रुटिपूर्ण रहेकाे पाइएको छ । जसका कारणले सवारी साधनमा जडान गर्नै समस्या हुने र जसोतसो गरिए पनि प्लेट झर्ने अवस्था रहेको हो । प्रतिनिधिसभाअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याकंन समितिले बुधबार इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धमा गरेको छलफलमा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले त्रुटिपूर्ण डिजाइनकै कारण प्लेट धोल्लो भई झर्ने गरेको स्विकारे ।