असार ९, २०७९ बिहिबार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते, बुधबारदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज (असार ९ गते, बिहीबार) अन्तिम दिन रहेको छ ।

फाइनान्सले गत फागुन ८ गतेदेखि फागुन २९ गतेसम्म बिक्री खुल्ला गरेको हकप्रदमा आवेदन नपरेको संस्थापक समूहको ८ लाख ६७ हजार ३ सय ६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार एक सय कित्ता गरी कूल ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयरहरू यसअघि चैत्र २९ गतेदेखि वैशाख ७ गतेसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो । सो अवधिमा बिक्री हुन नसकेको संस्थापक समूहको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता सेयर फाइनान्सले अहिले फेरि लिलामी मार्फत् बिक्री गरेको हो । 

प्रतिकित्ता मूल्य कति ?

उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । 

को हो बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ, बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, धनुषा, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट, ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट र  समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक, बुटवल, पोखरा र नारायणघाट शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।