असार ९, २०७९ बिहिबार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मुल्यवृद्धिविरुद्ध आफ्ना जनवर्गीय संगठनलाई आन्दोलनमा उतार्ने भएको छ।

पार्टीले अस्वाभाविक बढ्दै गइरहेको मुल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका विषय उठान गर्दै जनसंगठनहरूलाई सडकमा उतार्ने भएको हो ।

एमाले जनसंगठन समन्वय संयन्त्रको आज बसेको बैठकले चर्को मूल्यवृद्धिले जनतालाई समस्या भएको भन्दै सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।

एमालेका २२ वटा जनसंगठनका प्रमुखहरूको सहितको पार्टी कार्यालयमा बैठक बसेको थियो ।