असार १०, २०७९ शुक्रबार

अमेरिकी सिनेटले बन्दुक नियन्त्रण विधेयक पारित गरेको छ । यो झण्डै ३० वर्षयताकै हतियारसम्बन्धी सबैभन्दा महत्त्वपूर्ण कानुन हो ।

यो विधेयक पारित गर्न १५ रिपब्लिकन सांसदले पनि साथ दिएका थिए ।  यसलाई कूल ६५ मध्ये ३३ मतले अनुमोदन गरियो ।  

गत महिना न्युयोर्कको बफेलोको एक सुपरमार्केट र टेक्सासको उभाल्डेको एक प्राथमिक विद्यालयमा सामूहिक गोलीबारी भएको थियो, जसमा ३१ जनाले ज्यान गुमाएका थिए । यस्ता घटनाकै कारण अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनको खाँचो औंल्याइएको थियो ।

यो विधेयक हाउस अफ रेप्रिजेन्टेटिभ ‘तल्लो सदन’ ले पारित गर्न बाँकी छ । तल्लो सदनबाट यो कानुन पारित भएपछि राष्ट्रपति जो बाइडेनले यसमा हस्ताक्षर गर्नेछन् । यो केही दिनभित्रै गरिने अनुमान छ ।

वार्ताको सह–नेतृत्व गरिरहेका टेक्सासका रिपब्लिकन सिनेटर जोन कोर्निनले ये नयाँ विधेयकले अमेरिकीलाई सुरक्षित बनाउने बताएका छन् ।