असार १०, २०७९ शुक्रबार

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसीयू बेडहरूको खरिद प्रक्रिया कानूनसम्मत नै भइरहेको प्रष्टीकरण पारेको छ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै खरिद प्रक्रिया कानूनसम्मत नभएका समाचार आइरहँदा जनमानसमा भ्रम परेको भन्दै प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेको हो।

प्रतिष्ठानले आइसियू बेड खरिद प्रक्रिया सर्वोच्च अदालतको आदेशअनुसार नै भइरहेको दाबीसमेत गरेको छ। साथै सिकिस्त बिरामीको बढ्दो चाप प्रतिष्ठानको आइसियू क्षमताले धान्न नसकेर अन्यत्र रेफर गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ।