असार १०, २०७९ शुक्रबार

मुक्तिनाथ विकास बैंक लिमिटेडले केही संस्थापक शेयरहरू बिक्री गर्न लागेको छ ।

बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकले सेयरको संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर, बैंकको कम्पनी सचिवको कार्यालय काठमांडौ प्लाजा कमालादी, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । 

सो समयभित्र कुनैपनि निवेदन नआएमा बैंक तथा वित्तीय संस्था ऐन, २०७३, को निर्देशन र अन्य प्रचलित कानून बमोजिम संस्थापक शेयरधनीहरुको दावी नभएको सम्झी अन्य व्यक्तिहरुलाई बिक्री गरिने पनि बैंकले जनाएको छ । 

बैंकको सूचनाः

62b51c2e701b2.JPG