असार १०, २०७९ शुक्रबार

काठमाडौं: पछिल्लो २४ घन्टामा देशभर ४३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ५५५ जनामा गरिएको परीक्षणबाट ४३ जनामा कोरोना देखिएको हो।

आज १४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्। बिहीबार पनि ४९ जना कोरोना संक्रमित भेटिएका थिए। 

हालसम्म देशभर ९७ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाएका छन्।