असार ११, २०७९ शनिबार

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।

हाल पूर्वाधार करबापत पेट्रोल-डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो। 

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो।