असार ११, २०७९ शनिबार

जर्मनीले ग्यास अभावको स्थितिमा ‘कठिन समाजिक अवस्था’ को सामना गर्ने भएको छ ।

आर्थिकमन्त्री रबर्ट हाबेकले डर स्पिगल पत्रिकासँग भने, 'पर्याप्त ग्यास नहुँदा ग्यासको आवश्यकता पर्ने कुनै–कुनै उद्योगहरू बन्द गर्नुपर्ने भएको छ ।'

बिहीबार हाबेकले रूसबाट ग्यासको आपूर्ति कम भएपछि जर्मनीको आकस्मिक ग्यास योजनाअन्तर्गत सतर्कता स्तर बढाएका थिए । गत हप्ता रूसी ऊर्जा कम्पनी ग्याजप्रोमले पाइपलाइन मर्मतमा ढिलो भएको प्राविधिक कारण देखाउँदै नोर्ड स्ट्रीम पाइपलाइनमार्फत् जर्मनी आपूर्ति गरिने ग्यासको ६० प्रतिशतले कटौती गरेको थियो । 

यद्यपि जर्मनीले ग्यास कम्पनीको प्राविधिक समस्या आपूर्ति कटौती गर्नुको कारण नभएको बताएको छ । मस्कोको आक्रमणपछि यूक्रेनका लागि पश्चिमको समर्थनको प्रतिकारका कारण यो निर्णयको पछाडि  ‘राजनीतिक’ उद्देश्य देखिएको जर्मनीको दाबी छ । 

आपूर्तिमा कटौतीले जर्मनीलाई पहिले कहिल्यै नभएको स्थितिमा पुर्‍याएको हाबेकले बताए । जर्मनी उद्योग र नागरिक दुवै आफ्नो आवश्यकता पूरा गर्न ऊर्जा आयातमा निर्भर छन् ।

पर्याप्त ग्यास नभए जर्मनीले ‘कठिन समाजिक निर्णय’ गर्नुपर्ने हाबेकले बताए । 'निर्णय राम्रो त छैन नै कम गलत निर्णयहरू पनि गरिएका छैनन् ।' 

यसबाट केही क्षेत्रहरूको परिणाम ‘भयानक’ हुनसक्ने र यसले ‘लामो समयसम्म’ प्रभाव पार्नसक्ने उनले बताए । 

जर्मनीले डिसेम्बरसम्ममा आफ्नो ग्यास भण्डारण केन्द्रहरूलाई ९० प्रतिशत भर्ने गरी निर्देशन दिएको छ ।

तर हाबेकको मन्त्रालयले बिहीबार प्रस्तुत गरेको अनुमानअनुसार यदि ग्यासको प्रवाहमा लक्ष्य पूरा हुने सम्भावना कम छ । (एएफपी)