असार ११, २०७९ शनिबार

पर्साको ठोरी गाउँपालिका १ चौतारामा चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलि आउने भएको छ । निर्मल ठोरी उपभोक्ता समिति अध्यक्ष बालकुमार बस्नेतका अनुसार, शनिबार बिहान निकुञ्ज कार्यालय कसराबाट ३ हात्तीसहित टोलि ठोरीका लागि हिँडेको छ ।


टोलिले बाघलाई लठ्ठ्याएर नियन्त्रणमा लिने छ ।
स्थानीय जगेन्द्र पौडेलका अनुसार, बुधबारदेखि मानव बस्ती प्रवेश गरेको एउटा बाघले घर पालुवा चौपाया खोरबाटै लान थालेको छ । राति आउने बाघले घरपालुवा चौपाया खोरबाट लगेको देखेपछि स्थानीय पनि आतंकित भएका छन् ।