असार १२, २०७९ आइतबार

काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक नियन्त्रण कानुनमा हस्ताक्षर गरेका छन्।  

दशकौंको बहसपछि बाइडेनले बन्दुक सुरक्षासम्बन्धी पहिलो महत्वपूर्ण संघीय विधेयकमा हस्ताक्षर गरेका हुन्।  यो वास्तवमा आवश्यक भन्दा कम भएपनि यसले जीवन बचाउने राष्ट्रपति बाइडेनले बताए। हस्ताक्षर गरिएको यो विधेयक टेक्सासको उभाल्डेस्थित प्राथमिक विद्यालयमा बन्दुकधारी पसी १९ जना बालबालिका र दुई शिक्षकको हत्या गरेको एक महिनापछि लागू हुनेछ।

उक्त हिंसापछि बन्दुकको हिंसा र राजनीतिक निष्क्रियताविरुद्ध देशव्यापी प्रदर्शन भएका थिए। पछिल्लो तथ्याङ्कअनुसार यस वर्ष संयुक्त राज्य अमेरिकाभर २८१ बन्दुक आक्रमणमा परी २१ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।