असार १२, २०७९ आइतबार

काठमाडौँ । आजदेखि ललितपुर महानगरपालिकाले महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक लगाउने भएको छ ।

हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध लगाएको हो ।

यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने र दिनै पर्ने भएमा चेक गरेर मात्र बेच्न दिने नगर प्रहरी प्रमुख सिताराम हाथेछुले बताएका छन् ।

यसअघि काठमाडौंको बागबजारमा पानीपुरीको पानीबाट हैजा फैलिएको स्वास्थ्य मन्त्रालयले निष्कर्ष निकालेको थियो।