असार १२, २०७९ आइतबार

काठमाडौँ- नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ । साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौँ महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो ।

आज नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले असार २० गते भित्र मतदाता नामावलीको टुङ्गो लगाउने समेत निर्माण गरेको छ ।

बैठकमा युनियनका पूर्व अध्यक्ष, पूर्वपदाधिकारी र सचिवालय सदस्य सहभागी थिए । यही बैठकले अन्तिम मतदाता नामावलीको सूची असार २० सम्म निर्वाचन समितिलाई बुझाइसक्नु पर्ने निर्णय गरेको हो ।

२०७१ साल भदौमा आठौँ महाधिवेशन गरेको युनियनले झन्डै नौ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो । यसअघि जेठ १२ र १३ गते गर्ने भनिएको महाधिवेशन पार्टीको निर्देशनपछि स्थगित भएको थियो ।