असार १२, २०७९ आइतबार

काठमाडौँ– पाकिस्तानमा एकजना प्रहरी अपहरणमा परेका छन् । राजधानी इस्लामावादमा प्रहरी हवल्दार इमरान बलोच अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनी पाकिस्तान प्रहरीको दंगा नियन्त्रण एकाइमा कार्यरत रहेको पाकिस्तानबाट प्रकाशित हुने द न्युज पाकिस्तानको अनलाइन संस्करणले जनाएको छ ।

अपहरणमा परेका प्रहरीले अज्ञात नम्बरबाट आफ्नी श्रीमतीलाई सम्पर्क गरेको र उनकी श्रीमतील घटनाबारे प्रहरीलाई जानकारी गराएको जनाइएकोछ ।

आर्थिक लेनदेनका विषयमा विवाद परेपछि उनको अपहरण भएको हुनसक्ने प्रहरीको आशंका छ । उनको अन्तिम ‘मोइबाइल लोकेसन’ रावलपिण्डीमा देखिएको प्रहरीले जनाएको छ ।

यद्यपि हाल उनको फोन स्विच अफ रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ । अपहरितलाई मुक्त गर्न प्रहरीले हरसम्भव प्रयास गर्ने प्रहरीले जनाएको छ ।