असार १२, २०७९ आइतबार

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ७७ पिसिआर परीक्षणका क्रममा २१ जना र ६ सय ५३ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ८९ जना निको भएका छन् ।

हाल नेपालमा १ सय ९२ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।