असार १२, २०७९ आइतबार

काठमाडौँ- तीन तल्ला माथिबाट विद्युतीय कार खस्दा चीनमा दुई जनाको मृत्यु भएको छ । चीनको साङ्घाइमा रहेको कार निर्माता कम्पनी नियोको मुख्यालयस्थित तेस्रो तल्लाबाट विद्युतीय कार खसेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार उक्त कम्पनीको कार परीक्षण केन्द्र मुख्यालय रहेको भवनको तेस्रो तल्लामा थियो ।

घटनामा मृत्यु हुनेमा कम्पनीका एकजना कर्मचारी एवम् अर्को साझेदार कम्पनीसँग आबद्ध व्यक्ति छन् । कार निर्माता कम्पनीले घटनाबारे अनुसन्धान गरिरहेको र सरकारी अधिकारीद्वारा छानबिनमा पूर्ण सहयोग गरिरहेको जानकारी दिएको छ ।

नियो कम्पनी अमेरिकी धनाढ्य इलोन मस्कको टेस्ला कम्पनीको प्रतिस्पर्धी मानिन्छ ।