क्रिकेटमा टेस्ट क्रिकेटपछि एकदिवसीय हुँदै टी-२० फर्म्याटमा प्रतिस्पर्धा हुन थाल्यो। त्यसपछि टी-१० र ‘हन्ड्रेड बल’ को फर्म्याटमा पनि प्रतिस्पर्धा भयो।
पछिल्लो पटक क्रिकेटमा ‘६० बल’ मा प्रतिस्पर्धा हुन थालेको छ।
वेस्ट इन्डिज क्रिकेट बोर्ड र क्यारेबियन क्रिकेट लिगले केही दिनअघि नयाँ ढाँचाको प्रतियोगिताको घोषणा गरेको छ र यसको नाम ‘सिक्स्टी’ राखिएको छ।
‘सिक्स्टी’ प्रतियोगिता ६० बलको क्रिकेट प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका क्रिकेटरले भाग लिने भनिएको छ।
यस फर्म्याटको पहिलो प्रतियोगिता सेन्ट किट्स एन्ड नेभिसमा अगस्ट २४ देखि २८ सम्म खेलाइनेछ।
यस फर्म्याटमा ब्याटिङ गर्ने प्रत्येक टोलीले ६ विकेट लिनेछ। छैटौं विकेट झर्नुको अर्थ अलआउट हुनेछ।
एक इनिङ्ग्समा ६० बल हुनेछ।
यस ढाँचामा खेलिने ६० बलमध्ये पहिलो ३० बल एक छेउबाट र बाँकी ३० बल अर्को छेउबाट फालिनेछन्। कुनै पनि बलरले दुई ओभरभन्दा बढी बलिङ गर्न पाउनेछैनन्।
New tournament, new rules. Here is The Universe Boss @henrygayle to take you through how THE 6IXTY takes the excitement to another level and you even closer to the action. #The6ixty #CricketsPowerGame #6ixtyCricket #CPL22 pic.twitter.com/zAED15rCH4
— THE 6IXTY (@6ixtycricket) June 22, 2022
वेस्ट इन्डिज क्रिकेट बोर्डले यो फर्म्याटले टी-१० क्रिकेटलाई प्रतिस्थापन गर्ने र यो द्रुत गतिको ढाँचा साबित हुने दाबी गरेको छ।
९४ वर्षसम्म टेस्ट क्रिकेट खेलेपछि विश्वले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको नयाँ फर्म्याट देखेको थियो। तर टेस्ट क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रियपछि आएको टी–२० फर्म्याट अहिले सबैभन्दा लोकप्रिय छ।
टी–२० क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा मात्रै खेलिरहेको छैन, यो क्रिकेटले टेस्ट टोली खेल्ने प्रायः सबै देशमा फ्रेन्चाइजी क्रिकेटको रूपमा एक नाफामूलक व्यवसायको रूप लिएको छ।
यो कुरा टी–२० मा मात्रै सीमित रहेन, अब यसलाई बिल्कुलै फरक क्रिकेट टी–१० मा लगिएको छ र त्यसपछि इङ्ल्यान्डमा हुने नयाँ १०० बलको इभेन्ट ‘द १००’ मार्फत फ्यानलाई आफ्नो पक्षमा आकर्षित गर्ने प्रयास भइरहेको छ।
पूर्व टेस्ट क्रिकेटर बाजिद खान अहिलेको अवस्थामा एकदिवसीय अन्तर्राष्ट्रियको भविष्य उज्जवल नभएको बताउँछन्।
उनी भन्छन्, ‘टेष्ट क्रिकेट मन पराउने एक वर्ग छ। टेष्ट क्रिकेटको लोकप्रियता भने घटेको छैन, तर अहिले लगभग हरेक टेस्ट खेलको नतिजा आउन थालेपछि मानिसहरु यसमा चासो लिन्छन्। यद्यपी, एकदिवसीय क्रिकेट टेस्ट र टी-२० बीचमा अड्किएको छ। तपाईंले एकदिवसीय मात्र फलो गर्ने धेरै कम व्यक्तिहरू भेट्टाउनुहुनेछ, तपाईंले टेस्ट क्रिकेट वा टी-२० मन पराउनेहरू धेरै पाउनुहुनेछ।’
उनी अघि भन्छन्, ‘कहिलेकाहि एकदिवसीय अन्तर्राष्ट्रियको बारेमा यो अतुलनीय म्याच हो जस्तो लाग्छ। दुई देशबीचको सिरिज कसले जित्छ भन्नेमा मानिसहरूलाई खासै चासो देखिँदैन।’