साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसमा विजयी शुरूआत गरेका छन् ।
सेन्टर कोर्टमा सोमवार दक्षिण कोरियाका क्वोन सुन वुलाई हराउँदै जोकोभिचले सुखद शुरूआत गरेका हुन् ।
शीर्ष वरीयताका सर्बियन जोकोभिचले कोरियन खेलाडीमाथि ६-३,३-६,६-३ र ६-४ को सेटमा पराजित गरे ।
बेलायतका क्यामरुन नुरीले समेत विम्बल्डनमा विजयी शुरूआत गरेका छन् ।
उनले स्पेनका पाब्लोलाई ६-०, ७-६ (७-३) र ६-३ ले पराजित गरे ।