मंगलवार बिहान विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।
विभागका अनुसार, अहिले कर्णाली र मधेस प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल देशको प्रदेश नं १ लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली भएको छ भने बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको विभागको भनाइ छ ।
अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ ।
आज दिउँसो तथा रातिसम्म देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।
देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज दिउँसो तथा रातिसम्म नै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत विभागले जनाएको छ ।
विभागका अनुसार, आगामी २४ घण्टासम्म पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ ।
यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवनर यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।