असार १४, २०७९ मंगलबार

चाइनिज सुपर लिग फुटबलको खेलहरूको नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ । 

पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिग (सीएसएल) को नामबाट शुरू भएको थियो । 

चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

चाइजिन सुपर लिगलाई दर्शकहरूका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको  रुपमा लिइन्छ । 

यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन् ।