असार १४, २०७९ मंगलबार

नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले ललितपुरको कुसुन्ती निवासी ५३ वर्षीय माधवप्रसाद तिमिल्सिनालाई पक्राउ गरेको छ । उनलाई मंगलबार ललितपुरकै थसीखेलबाट पक्राउ गरिएको हो 


उनले जन्म मिति २०२६-१२-२६ , रजिष्ट्रेसन नं.१४९१५-८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको माधव प्रसाद तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र  त्रि.वि.दर्ता नं. १४९१५-८९, पाटन बहुमुखी क्याम्पसको स्नातक तहको ट्रान्स्कृप्ट कीर्ते गरेको आरोप छ । उनले सो प्रमाणपत्र गत चैत ६ गते निवेदनका साथ बोर्डमा पेश गरेका थिए । तिमल्सिनालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ ।