काठमाडौँस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालयअघि शरणार्थीहरूले धर्ना दिएका छन्।
महाराजगन्जस्थित कार्यालयअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्।
धर्ना दिने अधिकांस म्यानमारबाट विस्थापित भएर आएका रोहिंग्याहरू छन्। उनीहरूसँगै धर्ना बंगलादेश, पाकिस्तान, श्रीलंका, सोमालिया, इराकलगायत देशका शरणार्थी पनि धर्नामा सहभागी छन्।
अध्यागमन विभागका अनुसार नेपालमा ६७२ जना रोहिंग्या शरणार्थीहरू छन्।
म्यानमारबाट आएका ३७८, पाकिस्तानबाट १८७, अफगानिस्तानबाट ५२, सोमालियाबाट २१, श्रीलंकाबाट १९, इरानबाट ९, बंगलादेशबाट ५ र इराकबाट आएका १ जना शरणार्थी छन्।
आफूहरूको पुनर्स्थापनाका लागि कार्यालयले गरेको काममा असन्तुष्टि जनाउँदै उनीहरूले धर्ना दिएका छन्।
हातमा विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर स-साना बालबालिका पनि धर्नामा सहभागी भएका छन्।
रोहिंग्या शरणार्थीहरू अधिकांश काठमाडौंको कपन क्षेत्रमा बसोबास गर्छन्।