विश्व बैंक समूहले सन् २०२५ सम्ममा पश्चिमी र मध्य अफ्रिकी क्षेत्रमा शैक्षिक सुधारको कामलाई तीव्रता दिनको लागि आफ्नो कोष दोब्बर तयारी गरेको, बैंकका एक वरिष्ठ अधिकारीले सोमबार बताएका छन् ।
पश्चिम र मध्य अफ्रिकाका लागि विश्व बैंकका उपाध्यक्ष ओस्माने डायगानाले शिक्षा र अर्थमन्त्रीहरूको एकदिवसीय रणनीति बैठकपछि पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।
'हालयस क्षेत्रको लागि हाम्रो शैक्षिक पोर्टफोलियो ३.१ बिलियन डलर छतर हामी २०२५ सम्म यो रकम दोब्बर गर्न चाहन्छौं रयसलाई न्यूनतम ६.२बिलियन डलर बनाउन चाहान्छौ' डायगानाले भने।
जनसांख्यिकीले ल्याएको चुनौतीलाई मध्यनजर गर्दै यस क्षेत्रमा शैक्षिक सुधारका लागि बैंकको सहयोगलाई तीव्रता दिनुपर्ने तथा गरिबी न्यूनीकरण गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
यस क्षेत्रको लागि नयाँ कार्यक्रमको बारेमा छलफल गर्न बैंकले जुलाईमा सेनेगलमा अफ्रिकी नेताहरूसँग भेट्ने र शिक्षाका विषयमा छलफल केन्द्रित गर्नेछ ।