असार १५, २०७९ बुधबार

स्पेनिस टेनिस स्टार राफायल नाडालले विम्बल्डन टेनिसमा विजयी शुरूआत गरेका छन् ।

मंगलवार राति भएको खेलमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डोलोलाई हराउँदै नाडालले सुखद शुरूआत गरेका हुन् ।

सेन्टर कोर्टमा नाडालले फ्रान्सिस्कोमाथि ६-४,६-३,३-६ र ६-४ को सेटमा जित निकाले ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेका नाडालको यो ३ सय ६ औं ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता नाडालले दोस्रो चरणमा लिथुनियाका रिकार्डससँग खेल्नेछन् ।

३६ वर्षीय नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

महिलातर्फ विश्व नम्बर एक इगा स्वेटेकले पनि दोस्रो चरणमा स्थान बनाएकी छिन् ।

इगाले क्रोएसियाकी जना फेटलाई ६-० र ६-३ ले पराजित गरिन् ।

यससँगै पोल्याण्डकी इगाले ३६ औं खेलसम्म आफ्नो अपराजित यात्रालाई कायम राखेकी छिन् ।