असार १५, २०७९ बुधबार

आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।