असार १५, २०७९ बुधबार

अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन गराउने महिलाको अधिकार खोसेपछि अमेरिकी महिलाहरूले त्यसको विरोधमा यौन हडताल थालेका छन् । 

ऐतिहासिक रो विरुद्ध वेड नजिरलाई उल्ट्याउँदै अदालतले महिलालाई गर्भपतन गराउने अधिकार नरहेको फैसला दिएको हो । 

प्राचीन ग्रीसेली नाटककार एरिस्टोफेनिजको हास्यनाटक लाइसिस्ट्राटाको सम्झना गराउने गरी ट्विटरमा ह्याशट्याग सेक्स स्ट्राइक ट्रेन्डिङ भइरहेको छ । यसमार्फत गर्भपतन समर्थक अभियन्ताहरूले अमेरिकी सर्वोच्च अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरेका छन् । 

पुरुषसँग रमाइलोका लागि यौनकर्म नगर्ने संकल्प यी महिलाहरूले लिएका छन् । महिलालाई गर्भवती हुन मन लागेमा मात्र यौनकर्म गर्ने उनीहरूको भनाइ छ ।