काठमाडौं । नेपाल स्पोर्टस संघको आयोजनमा तेश्रो नेपाल स्पोर्टस च्याम्पियनसिप २०२२ आषाढ २३ देखि २५ गते सम्म आयोजना हुने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै संघले तेश्रो संस्करण आयोजना गर्न लागेको जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल स्पोर्टस नेपालमा पनि पछिल्लो समय युवाहरु माझ रुचाईएको छ ।
थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा २, सिएस गो, एमएलबिबी, टेकेन ७ र पब्जी गरि ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।
आयोजक संघका अध्यक्ष सुरज डङ्गोलले च्याम्पियनसिपका प्रतियोगिताहरु संचालन भईसकेको र आषाढ २३ गते देखि फाईनल खेलहरु आयोजना हुने समेत जानकारी गराए ।
च्याम्पियनसिप ईन्डोनेसियाको बालीमा आयोजना हुने १४ औं विश्व स्पोर्टस च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगिताको रुपमा समेत रहेको छ ।