असार १७, २०७९ शुक्रबार

इंग्ल्यान्डविरूद्धको पाँचौ तथा अन्तिम टेस्टमा जसप्रित बुमराहले भारतको कप्तानी गर्ने भएका छन् ।

यसअघि उपकप्तान रहेका बुमराहले पहिलो पटक भारतीय टोलीको कप्तानी गर्न लागेका हुन् । 

भारतले ऋषभ पन्तलाई उपकप्तानमा नियुक्त गरेको थियो।

NEWS 🚨 - @Jaspritbumrah93 to lead #TeamIndia in the fifth Test Match against England.@RishabhPant17 will be the vice-captain for the match.#ENGvIND pic.twitter.com/ueWXfOMz1L

nic — BCCI (@BCCI) June 30, 2022
२८ वर्षीय बुमराहले २०१८ मा दक्षिण अफ्रिकाविरूद्ध टेस्टमा डेब्यू गरेका थिए। २९ टेस्टमा ५६ इनिङ्स खेल्दै उनले १२३ विकेट लिइसकेका छन्। यसअघि घरेलु भूमिमा भएको श्रीलंकाविरूद्धको टेस्टमा उनले १० विकेट लिएका थिए।

भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट खेल शुक्रबार दिउँसो ३ : १५ देखि सुरुहुनेछ । यो टेस्ट सिरिज गतवर्ष कोरोनाका कारण स्थगित भएको छ ।

चार खेल सकिँदा भारत २–१ ले अगाडि छ। गत वर्ष सिरिजमा भारतको विराट कोहली र इंग्ल्यान्डको जो रूटले कप्तानी गरेका थिए। तर यस पटक पाँचौं खेलमा भारतको जस्प्रित बुमराह र इंग्ल्यान्डको बेन स्टोक्सले नेतृत्व गर्नेछन्। नियमित कप्तान रोहित शर्मा कोरोना संक्रमित भएपछि उनले कप्तनी सम्हाल्ने भएका हुन् ।