फागुन ७, २०७७ शुक्रबार


काठमाडौं। 
ललितपुरको महालक्ष्मी नगरपालिका(२ इमाडोल बस्ने ५५ वर्षीय सुन्दर सुवेदीको घरमा चोरी भएको छ।

चोरी भएको धनमाल सात लाख २५ हजार रूपैयाँ रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। चोरी हिजो दिउँसो भएको हो। 


प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी कार्य थालेको छ।