चैत २१, २०७७ शनिबार

भारतमा पछिल्लो २४ घण्टामा झण्डै ९० हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

८९ हजार १२९ जनामा संक्रमण पुष्टि भएको र यो गएको सेप्टेम्बर यता एकै दिन संक्रमित थप भएको बसैभन्दा ठूलो संख्या हो।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ७१४ जनाको मृत्यु भएको छ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या एक करोड २३ लाख ९२ हजार २६० पुगेको छ। हाल ६ लाख ५८ हजार ९०९ जनामा संक्रमण सक्रिय अवस्थामा छ।

भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ६४ हजार ११० जनाको ज्यान गएको छ। अहिलेसम्म एक करोड १५ लाख ६९ हजार २४१ जना संक्रमण मुक्त भएका छन्।

भारतमा हालसम्म सात करोड ३० लाख ५४ हजार २९५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।