असार १९, २०७९ आइतबार

काठमाडौँ – स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको अन्तिम १६ मा प्रवेश गरेका छन् ।

शनिबार राति सेन्टर कोर्टमा भएको खेलमा उनले इटालीका लोरेन्जो सोनेगोलाई पराजित गरेका हुन् ।

दोस्रो वरियताका नाडालले लोरेन्जोमाथि ६-१, ६-२ र ६-४ को सेटमा जित निकाले ।