चैत २१, २०७७ शनिबार

नेपाल समूहको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ । कंलकीस्थि मेगा पार्टी प्यालेसमा बैठक बसेको हो ।

उक्त समूहको शुक्रबार पनि कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बैठक बसेको थियो । बैठकमा राष्ट्रिय अभियानको घोषणा र तल लैजाने दस्तावेजबारे छलफल भए पनि निष्कर्ष निस्किएको थिएन ।

आजको बैठकले अभियानको घोषणा गर्ने र दस्तावेजलाई अन्तिम रूप दिने बताइएको छ ।