असार २०, २०७९ सोमबार

एभरेष्ट बैंकले ललितपुरको मंगलबजारमा आजदेखि नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन गरेको छ । 

ललितपुर वडा नं. १६ का अध्यक्ष र्निमल रत्न शाक्य, ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष मनोज बहादुर न्याछोन र एभरेष्ट बैंकका सन्चालक उर्मिला श्रेष्ठले संयुक्त रुपमा मंगलबजार एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका हुन् । 

उक्त समारोहमा स्थानीय व्याबसायी अजरमान जोशी, एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिजयकुमार गौतम, बैंकका बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धकसन्तोष कुमार भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतकोे उपस्थिती रहेको थियो । 

बैंकले देशैभरि छरिएर रहेका ११६ शाखा संजाल, प्रादेशिक कार्यालय, १५० एटीएमसहित नेपाल सरकारको राजश्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।