सनराइज बैंकले कस्टुमाइज्ड फोटो कार्डको शुरूआत गरेको छ।
बैंकले समाजसेवी अनुराधा कोइरालालाई पहिलो कस्टुमाइज्ड कार्ड हस्तान्तरण गरी उक्त कार्डको शुभारम्भ गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले माइती नेपालको कार्यालयमा आयोजना भएको उक्त कार्यक्रममा कस्टुमाइज्ड फोटोसहितको कार्ड कोइरालालाई हस्तान्तरण गरेका हुन्।
आफ्नो वा आफूले रोजेको व्यक्तिको फोटो, आफ्नो रमाइला पलहरूको फोटो, आफ्ना परिवार तथा महत्वपूर्ण क्षणका सम्झनाहरू तथा आफ्ना सिर्जनाहरूलाई डेबिट कार्डमा राख्न सकिने उक्त प्रविधिमा कार्डको अग्र भागमा फोटो प्रिन्ट गर्न सकिने बैंकले जनाएको छ।
यो सुविधा लिन बैंकको वेबसाइट (यहाँ क्लिक गर्नुहोस्) मा गई सजिलै आफ्नो फोटो कार्डमा राखी रिक्वेस्ट सबमिट गर्न सकिनेछ।