असार २०, २०७९ सोमबार

इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटीले नयाँ मिडफिल्डर केल्भिन फिलिप्सलाई टिममा भित्र्याएको छ । 

सिटीले लिड्स युनाइटेडबाट ४५ मिलियन पाउन्डमा २६ वर्षीय फिलिप्सलाई भित्र्याएको हो। उनीसँग ६ वर्षको सम्झौता भएको छ। 

सो सिजनका लागि सिटीले तेस्रो खेलाडीलाई भित्र्याएको हो। यसअघि सिटीले इर्लिङ हाल्यान्ड र स्टेफन अर्टेगा मोरेनोसँग सम्झौता गरेको थियो।

उनले लिड्सबाट ८ सिजनमा २३५ खेल खेलेका थिए। लिड्ससँग उनको सम्झौता सकिन अझै दुई सिजन बाँकी थियो।

फिलिप्सले सन् २०२० को सेप्टेम्बरमा इंग्ल्यान्डको राष्ट्रिय टिममा डेब्यू गरेका थिए। उनले युरो २०२० मा इंग्लिस टिमबाट सबै खेल खेलेका थिए।