काठमाडौँ । आज सेयर बजार नेप्से २.२२ प्रतिशतले घटेको छ। आज नेप्से परिसूचक ४६.०८ अंकले घटेर २,०३०.५९ बिन्दुमा पुगेको हो। अघिल्लो दिन पनि नेप्से ९.७५ अंकले घटेको थियो।
नेप्से घटेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएको छ।
आज कुल २२९ किसिमका धितोपत्र तथा ऋणपत्रको ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये जम्मा २२ वटाको मूल्य बढेको छ भने २०० वटाको मूल्य घटेको छ। आज सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ।
यसपछि न्यादी ग्रुप पावरको ९.९७ प्रतिशत र आँधीखोला लघुवित्त वित्तीय संस्थाको ९.६१ प्रतिशतले सेयर मूल्य बढेको छ। आज सबैभन्दा धेरै घलेम्दी हाइड्रो पावरको ६.६० प्रतिशतले मूल्य घटेको हो।
कारोबार रकमको आधारमा आज सबैभन्दा धेरै सानिमा बैंक संस्थापक सेयरको ३० करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
यसपछि अरुण काबेलीको ११ करोड ८२ लाख ६८ हजार रुपैयाँ, शिवम् सिमेन्टको १० करोड ६० लाख ७५ हजार रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड २१ लाख ६५ हजार रुपैयाँ र अपर तामाकोशी हाइड्रोपावरको ८ करोड ५७ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ।