असार २३, २०७९ बिहिबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२७ रुपैयाँ १९ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १२९ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५१ रुपैयाँ १९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी यान १० को खरिददर ९ रूपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ९ रूपैयाँ ४० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ७२ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ८८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

No description available.