असार २३, २०७९ बिहिबार

काठमाडौं । खराब ब्याटिङका कारण नेपालले दोस्रो एकदिवसिय अभ्यास खेलमा घरेलु टोली क्यानाडासँग ८३ रनले पराजित भएको छ । यो हारका कारण नेपालले २ खेलको सिरिज एक शून्यले हारेको छ । 

किङ सिटी क्रिकेट मैदानमा बुधबार राति टस हारेर ब्याटिङका लागि निम्त्याइएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

१८९ रनको लक्ष्य पछ्याएको नेपालले ३९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रनमात्र बनाउन सक्यो ।  अब नेपाल त्यतैबाट आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्नका लागि स्कटल्यान्ड जानेछ ।